काठमाडौं:= पर्यटन विभागले विभिन्न १० क्यासिनोलाई पुसभित्र रोयल्टी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले आर्थिक वर्ष २०७६/०७७ सम्म नियमितरूपमा रोयल्टी दाखिला गरेका र नवीकरणका लागि कागजात पेश गरेका १० क्यासिनोलाई यस्तो निर्देशन दिएको हो ।
विभागले १० क्यासिनोलाई २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर र २०७८/०७९ का लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अबिलम्ब दाखिला गर्न सूचना जारी गरेको हो ।
विभागले सांग्रिला होटलको एसएचएल म्यानेजमेन्ट सर्भिस, होटल टाइगर वन परिसर भैरहवाको एसएचएल म्यानेजमेन्ट सर्भिस, तारागाउँ रिजेन्सी होटलको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिएसन, मल्ल होटलको बेल्लिज नेपाललाई रोयल्टी तिर्न र नवीकरण दस्तुर बुझाउन ताकेका गरेको हो ।
त्यस्तै, होटल म्यारियटको डेल्टइन नेपाल, भ्यु होटल नेपालगञ्जको ज्याकपट गेमिङ सेन्टर, इच्छा होटल सिमराको स्माइल कलेक्सन, होलट सोल्टी नेपालगञ्जको इम्पेरियल इन्टरटेनमेन्ट र सोल्टी होटल काठमाडौंको माजोङ इन्टरटेनमेन्टलाई रोयल्टी बुझाउन र नवीकरण गर्न सूचना जारी गरेको छ । पुसभित्र रकम दाखिला नगरेमा थप शुल्क लाग्ने र समयमा नवीकरण नभएका कम्पनीको भने इजाजतपत्र रद्द हुने बताएको छ ।




















