महाधिवेशनमा ४० प्रतिशत आर्जेको शक्तिलाई बेवास्ता गरे पार्टी चल्दैन : गगन थापा

काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले आफूहरूलाई बेवास्ता गरेर पार्टी सञ्चालन गर्न नसक्ने बताउनुभएको छ । केन्द्रीय समितिमा मनोनयनदेखि राष्ट्रियसभाका उम्मेदवार तयलगायत विषयमा सभापति देउवा एक्लै अघि बढेको भन्दै महामन्त्री थापाले आफ्नो समूहलाई गरिएको बेवास्ता अब मान्य नहुने बताउनुभएको हो ।

आफूपक्षीय भेलालाई सम्बोधन गर्दै थापाले भन्नुभयोे, ‘हामी भाग खोज्दैनौँ । तर, ४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चल्न सक्दैन । हामी सभापतिलाई सहयोग गर्छौं तर हामीलाई इग्नोर गरे, त्यो सह्य हुँदैन । विधिसम्मत पार्टी चलोस् भन्ने हाम्रो चाहना हो ।’ महामन्त्री थापाले अप्ठ्यारो अवस्थामा भएको महाअधिवेशनमा पनि शेखर कोइराला समूहको नैतिक रूपमा जित भएको बताउनुभयो ।