साउथका सुपरस्टार अल्लु अर्जुन अभिनित पुष्पालाई तीन सातामा तीन सय करोड।

एजेन्सी मुम्बई := तेलुगू भाषामा निर्माण गरी हिन्दीमा डब गरिएको अल्लु अर्जुनको ‘पुष्पाः द राइज’ले उत्साहजनक व्यापार गरिरहेको छ । भारतलगायत संसारभर हालसम्म ३ सय करोड भारु कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याएको छ ।

७ दिनमै २ सय करोड आकडा पार गरेको पुष्पाले तेस्रो सातामै ३ सय करोड कारोबार गरेर रेकर्ड राखेको छ । यसअघि कोरोना महामारी र लकडाउनका कारण शिथिल हुन पुगेको बलिउड बक्स अफिसलाई अक्षय कुमार अभिनित ‘सूर्यवंशी’ले धमाकेदार ओपनिङ दिएको थियो । नोभेम्बर ५ मा रिलिज यो चिलचित्रले ४५ दिनमै झण्डै तीन सय करोड भारुको व्यापार गरिसकेको थियो । शूर्यबंशीको रेकर्डलाई पुष्पाले २१ दिनमै तोडेको छ ।

बलिउडका ‘हिट मसिन’ रोहित सेट्टीको सूर्यवंशीले डेढ महिनामा जति कारोबार गर्‍यो, त्यसको रेकर्ड सन् २०२१ मा रिलिज हुने कुनै चलचित्रले सायदै तोड्ला भन्ने बलिउड बक्स अफिसका विश्लेषकहरूको भनाई थियो । विश्लेषकहरूको अनुमान गलत सावित गर्दै तीव्र रफ्तारका साथ अगाडि बढेको पुष्पाले अझै कमाउने आशा गरिएको छ ।

तेलुगु चलचित्रका सुपरस्टार अल्लु अर्जुनको यो चलचित्रको ओपनिङ नै धमाकेदार भयो । रिलिजकै दिन यसले ४५ करोड भारू कारोबार ग¥यो । यो रकम कुनै सुपरहिट हिन्दी चलचित्रले गर्ने व्यापारको दाँजोमा कम होइन ।