काठमाडौं:= इलामकी भीष्मा नेम्वाङले मिसेज हिमालयन नेपालको आठौं संस्करणको उपाधि जित्नुभएको छ । उहाँले उपाधिसँगै थाइल्याण्डको बैंककमा हुने ‘एसिया फेसन रनवे’मा सहभागीको अवसर प्राप्त गर्नुभयो । हिमालयन मुभिजको आयोजना रहेको प्रतियोगितामा सविना तामाङ् फष्ट रनर्सअप प्रतिक्षा खड्गी सेकेण्ड रनर्सअप हुनुभयो ।
विवाहित महिलाबीच आयोजित प्रतियोगितामा भीष्मा नेम्वाङले मोष्ट एट्रयाक्टिभ, सविना तामाङ मोष्ट कन्फिडेन्ट, प्रतीक्षा खड्गी मोष्ट स्मार्ट, इश्वरी श्रेष्ट वेष्ट प्रर्सनालिटी र पपुलर भिडियो अवार्ड, सुशीला कटुवाल मोष्ट डिलिजेन्ट र शर्मिला रिमाल वेष्ट फोटोजेनिक हुनुभयो ।
हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा गायिका बुनु राई मानन्धर, अभिनेता तथा बैंकर तेज गिरी, फेशन डिजाइनर सुक्निता चौलागाईं, व्युटिसीयन नेपाल २०१५ गौरा राई, ब्राइडल कन्टेस्ट नेपाल २०२० ज्ञानु नगरकोटी, सौन्दर्यकर्मी एवं नृत्य प्रशिक्षक शर्मिला कोइराला रहेनुभएको थियो ।




















