काठमाडौं:= नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ ।
माओवादी केन्द्रको सोमबार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा दाहाललाई सर्वसम्मत् रुपले चयन गरेको छ ।
केन्द्रीय कमिटीको पहिलो बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुले सपथग्रहण गरेसँगै अध्यक्षमा दाहाललाई चयन गरिएको हो ।




















