काठमाडौं:= नयाँ नेपाली चलचित्र ‘लाखे’मा अभिनेता रोहित रुम्बाको प्रवेश भएको छ । निर्माण टिमले चलचित्रमा रोहितको मुख्य भूमिका रहने बताएको छ ।
‘लाखे’ कथा मनपरेका कारण चलचित्रसँंग जोडिएको रोहितले बताउनुभएको छ । रोहितले यसअगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’लगायत थुप्रै फिल्ममा अभिनय गर्नुभएको छ । रोहितसँगै निर्माण युनिटले कलाकारका रूपमा सञ्जय थापा र सञ्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै चलचित्रका लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिनुभयो ।
चलचित्रका लागि यसअघि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, वर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रूपेश झा, चक्रबहादुर विष्ट, सुजन ए.परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छानिनुभएको छ ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुनुहुन्छ । कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ ।
ठूलो बजेटमा निर्माण हुनलागेको चलचित्रको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहनुभएको छ । चलचित्रका निर्देशक सम्राट बस्नेतका अनुसार चलचित्र २६ पुसबाट छायांकनका लागि निस्किने छ ।



















