उत्तर कोरियाद्वारा सन् २०२२ मा अर्थतन्त्र सुधारलाई प्राथमिकता।

प्योङआङ:= उत्तर कोरियाले सन् २०२२ मा मुुलुकको अर्थतन्त्र सुधारलाई मुख्य प्राथमिकतामा राख्ने भएको छ । नेता किमजोङ उनले अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो ।

सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा बोलाइएको पार्टीको प्रमुख बैठकमा उहाँले उक्त भनाइ राख्नुभएको हो । सो अवसरमा बोल्दै उनले जनताको जीवस्तर सुधार्नु र विकास गर्नु नै पार्टीको कार्यभार रहेको बताउनुभएको थियो ।

खाद्य संकट मुलुकको वास्तविक यथार्थ रहेको बताउँदै उनले नागरिकको खाना, बसोबास र लुगाको समस्या समाधान गर्न क्रान्तिकारी निर्णय गर्नुपर्ने बताउनुभयो । साथै, उनले उत्तर कोरियाली सेनाको प्रतिरक्षा शक्तिलाई पनि क्रमशः विस्तार गर्ने जनाउनुभयो । गत वर्ष कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण रोकथामविरुद्ध लगाइएको सीमा बन्दको कारण उत्तर कोरियाले खाद्य संकटको सामना गर्नु परिरहेको छ ।