माओवादी केन्द्रको आठौँ महाधिवेशन सम्पन्न, २३६ सदस्यीय केन्द्रीय समिति घोषणा।

काठमाडौं:= सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटी चयनगर्दै सम्पन्न भएको छ । महाधिवेशनको अन्तिम दिन आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नामबन्द सत्र समक्ष प्रस्तुत गर्नुभएको थियो । प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनले सर्वसम्मतले पारित गरेको थियो ।

प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरूको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरू नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य प्रचण्डले महाधिवेशनलाई संक्षिप्त सम्बोधन गर्नुभयोे । उहाँले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयनगर्ने जानकारी गराउनुभयो । अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गर्नुभयो । माओवादी महाधिवेशनगत ११ पुसमा सुरु भएको थियो ।

माओवादी केन्द्रको विधानअनुसार केन्द्रीय समिति बैठकले पदाधिकारी चयनगर्ने छ । केन्द्रीय समितिको पहिलो बैठक सोमबार बस्ने माओवादी केन्द्रले जनाएको छ । सोमबारको बैठकले १५ सदस्यीय पदाधिकारी चयनगर्ने छ ।

यस्तो छ माओवादीको केन्द्रीय समिति (सूचीसहित)

खुलातर्फ:

नेपबहादुर थारू चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाईं, लेखनाथ दाहाल, शालिकराम जमकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा, सन्तकुमार दराई परवाना, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्तिनारायण प्रधान, ईश्वरीप्रसाद भट्टराई, सुनीलकुमार मानन्धर, हरिबोलप्रसाद गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दीलिप महर्जन, सुदन किराँती, किरणकुमार राई, सुरेशकुमार राई, हेमराज भण्डारी, राजेन्द्र कार्की एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफ्ले, सुरेन्द्रकुमार कार्की राम, युवराज भट्टराई, अजयशंकर नायक, अशोककुमार मण्डल, भरतप्रसाद साह, प्रकाशहरि पोखरेल, राजु खड्का, जोखकुमार बर्बिया यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राययादव, मातृकाप्रसाद यादव, प्रह्लादकुमार बुढाथोकी, गिरिराजमणि पोखरेल विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारू, जीवन गौतम, तेजबहादुर वली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगतप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुकबहादुर रोक्का, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, वामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्तिबहादुर बस्नेत, गजेन्द्रबहादुर महत, टेकबहादुर बस्नेत, जनार्दशन शर्मा, मायाप्रसाद शर्मा, कालिबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लिलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, लिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, किष्णबहादुर केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्रपौडेल, हरिबहादुर चुमाङ, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आले मगर, हितराज पाण्डे, दिननाथशर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखाशर्मा, पूर्णाकुमारी सुवेदी, यशोदा गुरुङ सुवेदी, पर्शुराम रम्तेल, महेन्द्रपासवान, गोपीबहादुर सार्की अछामी, दलजित श्रीपाइली, वीरमान चौधरी ।

समानुपातिक केन्द्रीय सूची

खसआर्य :

पुरुष : १३

नारायणप्रसाद दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशन नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारामान स्वाँर, देवेन्द्रराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युतम काफ्ले ।

४० वर्षमुनिका पुरुष

विजय भण्डारी, दुर्गाप्रसाद चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।

महिला : २५

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेलवासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईं, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समीता कार्की, सुशीला सिंखडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमाकुँवर, काली चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा, रुकु चौलागाईं ।

महिला युवा ४० वर्षमुनि : ६ जना

यशोदा न्यौपाने कालिकोट, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिंखडा, गीता तिमिल्सिना, कृष्णा शाहा ।

दलिततर्फ

पुरुष : तीन

विष्णुबहादुर विक(कर्णाली), यमबहादुर परियार (बागमती), जगत सार्की (सुदूरपश्चिम) ।

दलित महिला : ११

अन्जना बिशंखे, सुशीलाश्रीपाइली, सीतागौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमायाविक, लक्ष्मीविक, शान्ती नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक, पम्फा बसेल ।

अन्य समूहबाट

सुवोध श्रीपाइली, पार्वती विक, हकिकुल्ला मुसलमान, कौशर साह, जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहेता, बोधमाया कुमारी यादव, सुनिताकुमारी यादव, अजम्बर राई काङबाङ, रामकुमार राई, मानबहादुर बुढा मगर, दीपबहादुर योञ्जन, दीपेन्द्रकुमार पुन मगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, पर्शुराम तामाङ, हितबहादुर तामाङ, दीलिप प्रजापति, छक्कबहादुर लामा, इन्द्रआङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल, अमृता थापा, ओन्सरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गाजयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मोनीखम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल, बिना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ, सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी, अमनलाल मोदीथारू, रूपाश्वरी चौधरी, अन्जनाचौधरी, अन्जु चौधरी, दीपाचौधरी, कृष्णा चौधरी ।