मिसेस नेपाल वल्र्डमा गौरीलाई सम्मान।

काठमाडौं:= विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड २०२१’को फिनाले शनिबार हुने भएको छ। काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा उच्चस्तरीय निर्णायक टोलीको निर्णयबाट मिसेस नेपाल वल्र्ड २०२१ को घोषणा गरिने बताइएको छ ।

रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताको घोषणा गरिनेछ । यसबाहेक मिसेस नेपाल वल्र्ड फष्ट रनर्सअप, मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप, मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप, वेष्ट स्माइल, वेस्ट हेयर, वेष्ट ¥याम्पवाक, लेडी विथ कम्प्यासन, मष्ट इन्टलिजेन्ट, मष्ट डिसिप्लेन्ड, कन्जीनियालिटी, मष्ट फोटोजेनिक, वेष्ट पर्सनालिटी, पब्लिक च्वाइस अवार्ड, भ्युअर्स च्वाइस, मष्ट व्युटिफल, मष्ट ट्यालेन्टेड, मिसेस टुरिजम एम्बेस्डर, मष्ट कन्फिडेन्ट, मष्ट क्रियटिभ, मिसेस बोल्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधिमा समेत विजेता घोषणा गरिनेछ ।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिनेछ । यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो ।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाराण हुने मिसेस नेपाल वल्र्डमा विभिन्न पेशामा आबद्ध २४ पेशाकर्मी तथा गृहिणीहरूलै अन्तिम प्रतिस्पर्धा गर्दैछन् । नेपाल टेलिभिजनकी डिजीएम आरती चटौत, अभिनेत्री गौरी मल्ल, अभिनेता तथा रंगकर्मी वीरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, व्यवसायी तथा व्यक्तित्व विकास प्रशिक्षक अनुप के बराललगायत विभिन्न क्षेत्रका विज्ञहरूबाट करिब १ महिने प्रशिक्षण लिएपश्चात रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया, जयन्ती राई, बिनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ तामाङ, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की, माला सुनार र उषारजक वाइवाई मिसेस नेपाल वल्र्डमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।