काठमाडौं:= ग्लोबल आइएमई बैंकले १५औँ वार्षिकोत्सवका अवसरमा कार्ड तथा डिजिटल बैंकिङमार्फत् गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत पुस १५ देखि माघ १५ सम्म मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
साथै पहिलोपटकको क्युआर कारोबार, पस मेसिनमार्फत् गरिने कारोबार तथा ई-कम कारोबारमा १५ प्रतिशत अथवा तीन सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । पुस १७ गतेदेखि लागू हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहने बताइएको छ ।




















