जोर्डनको संसद्मा सांसदहरूबीच हात हालाहाल र कुटाकुट।

अम्मान := जोर्डनको संसदमा सांसदहरूबीच हात हालाहाल र कुटाकुट भएको छ । जोर्डनका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि भड्किएको विवादबीच सांसदहरूमा हात हालाहालको अवस्था आएको हो । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरूबीच भवनभित्र कुटाकुट भएको थियो ।

संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक–अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छ । उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो । त्यसपछि ती सांसदलाई आफ्नो भनाइ फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए ।