‘मेरो कथा’ अब हप्ताको दुई दिन।

काठमाडौं:= छोटो समयमा नै ‘मेरो कथा’ले दर्शकको मान जित्न सफल भएको छ । पहिला हप्ताका एक दिन प्रसारण हुँदै आएको यो सिरियल अब दर्शकको चाहनाअनुसार हरेक हप्ता दुईपटक अर्थात् शनिबार ७ः३० र बुधबार ७ः३० मा प्रसारण हुने भएको छ । यस टेलिसिरियलमा प्रमुख पात्रमा रमेश बुढाथोकी,पवन मैनालीलाई देख्न सकिन्छ ।

यसैगरी, कथाका अन्य प्रमुख पात्रका रूपमा हिमबाला गौतम, गीता नेपाल, तेजुला खतिवडा, प्रिया रिजाल, माधव पण्डित, अशोक धिताल, रिया श्रेष्ठ, जयाश्री कार्की, सन्दीप कँडेल, गणेश देवकोटा, सरोज दाहाललगायतका कलाकारको अभिनय छ । मेरो कथाको लेखक÷निर्देशनमा गीता नेपाल र निर्मात्री तेजुला खतिवडा हुनुहुन्छ भने निर्माताद्वयमा तेजुला र कृष्ण कार्की रहनुभएको छ ।