एजेन्सी मुम्बई:= बलिउड अभिनेत्री आलिया भट्ट पीपल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा)को सन् २०२१ को ‘पर्सन अफ द इयर’ घोषित हुनुभएको छ । चलचित्रको अभिनयसँगै सामाजिक काममा पनि सक्रिए आलियाले सामाजिक सञ्जालमार्फत प्रायः आफ्नो फ्यानलाई जनावरप्रति प्रेम गर्न प्रेरित गर्नुहुन्छ । आलिया जनावरको अनुकूल फेसन उद्योगको समर्थनका लागि काम गरेकोमा पेटा पर्सन घोषित गरिएको हो ।
आलियाले हालै फ्लेदरको फूल कम्पनीमा लगानी गर्नुभएको थियो । यो कम्पनी मन्दिरमा फ्याँकिएका फूलबाट शाकाहारी खानेकुरा बनाउने गर्दछ । अभिनेत्रीलाई शाकाहारी किड्सवियर लाइनले जनावर र प्रकृतिका लागि जनावरको बच्चालाई पोषण गर्न सहयोग गरेकोमा पेटाले उहाँलाई सन् २०२१ को ‘इण्डिया फेसन पुरस्कार’ पनि दिएको छ ।
आलिया विशेषतः बिरालो र कुकुरको पक्षमा वकालत गर्नुहुन्छ । उहाले मजबुत पशु संरक्षण कानुनका लागि कैयौं बुँदामा आवाज उठाइसक्नुभएको छ । आलियाले पेटा इण्डिया अभियानसँग जोडिएर काम गरिसक्नुभएको छ । जसले बिरालो र कुकुरलाई सहयोगको काम गर्छ ।
आलियाले सन् २०१२ मा आफ्नो फिल्मी करियरको सुरुवात करण जोहरको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट गर्नुभएको थियो । दश वर्षे फिल्म करियरमा उहाँले कैयौं सफल फिल्ममा अभिनय गरिसक्नुभएको छ भने उहाअहिले बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्नुहुन्छ ।




















