माओवादी केन्द्र महाधिवेशन : ७ सदस्यीय अध्यक्षमण्डल गठन।

काठमाडौं:= नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा केही बेरअघि बन्दसत्र सुरु भएको हो । महाधिवेशन बन्द सत्र संचालन गर्न प्रवक्‍ता कृष्णबहादुर महराको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।

नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलमा राखिएको छ । नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ ।