बलिउड अभिनेत्री ज्याकलिनलाई घरजान रोक।

मुम्बई:= बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घरजान पाउनु भएन । इडीले उहाँलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन । ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिएपछि उहाँ समस्यामा पर्नुभएको हो । इडीले कैयौंपटक उहाँमाथि सोधपुछ गरिसकेको छ । सुकेशबाट पाएको सबै उपहारलाई इडीले जफतको तयारी गरिरहेको छ ।

ज्याकलिनलाई यसअघि इडीले भारतभन्दा बाहिर जान रोक लगाएको थियो । अभिनेत्रीलाई आफ्नो व्यावसायिक सम्झौता अनुसार रियाद जानु थियो, तर इडीले उहाँलाई मुम्बई एयरपोर्टमै रोक लगायो । इडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएकाले भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ । यो मामलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।