सहकारीलाई कडा नियन्त्रण गर्नुपर्छ : मन्त्री रामकुमारी झाक्री।

नवलपरासी:= सहरी बिकास मन्त्री रामकुमारी झाकीले सहकारीलाई कडा भन्दा कडा नियन्त्रण गर्नु पर्ने बताउनु भएको छ । शनिबार नवलपरासीमा रहेको पन्चनगर महिला कल्याण कृषि सहकारी संस्थाको साधारण सभामा बोल्दै मन्त्री झाक्रीले सहकारीहरुमा राष्ट्र बैकले नै नियन्त्रण गर्नुपर्ने बताउनु  भयो  । अहिले सहकारी क्षेत्रमा केही सिमित व्यक्तिहरूको हालिमुहालि रहेको बताउदै उहाँले राज्यले सहकारी ऎन संशोधन गरि राष्ट्र बैकले अनुगमन र नियन्त्रण गर्नुपर्ने बताउनु भयो  ।

सहकारीमा शेयर सदस्यहरूको मात्र आन्तरिक कारोबार रहदासम्म  स्वानियमन ठिक मन्न सकिन्छ तर राज्यले अनुदान दिने सहकारीहरुमा स्वानियमन मान्न नसकिने बताउनु भयो  । राज्यले लिएको तीन खम्बे अर्थ नितिमा धेरै कमिकमजोरि रहेको बताउदै मन्त्री  झाक्रीले तीन खम्बे अर्थतन्त्र नितिमा केहि कमिकमजोरि रहेको र तिनिलाई तल्काल सुधार गर्नु पर्ने जरुरी रहेको बताउनु भयो  । उहाका अनुसार २७ बर्ष सम्म तीन खाम्बे अर्थ नितिमा कुन खम्बाको  के-कस्तो भुमिका हुने भन्ने बिषयमा प्रष्ट पर्नु पर्ने आवस्यकता रहेको छ । नेपालमा उत्पादनमुलक भन्दा सेवामुलक क्षेत्रमा बढी नाफा भएकाले निजि क्षेत्रको लगानी सेवामुलक क्षेत्रमा धेरै भएको मन्त्री झाक्रीले बताउनुभयो  । निजि क्षेत्रले निति नियम  ऎन कानुनको कमजोरीको फाइदा उठाउदै उत्पादनमा घाटा हुने भन्दै सहरी क्षेत्रको केन्द्रिय सेवामुलक क्षेत्रमा लागानि गरेको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष बिष्णुप्रसाद पौडेलले अहिले रहेको सहकारी ऐन अन्य धेरै कानुनहरूसङ्ग बझिएको बताउदै उहाले राज्यले सहकारी क्षेत्रलाइ व्यवस्था गरेको बताउनुभयो । तीन खम्बे अर्थ नितिमा सहकारीलाइ भुमिका प्रदान गरिए पनि राज्यले राम्रो भुमिका दिन नाकेको पौडेलले बताउनुभयो  ।

सभामा सचीव अनिता भट्टराई र कोषध्यक्ष कोपिला शर्माद्रारा प्रस्तुत बार्षीक प्रतिबेदन पास गरिएको थियो । पन्चनगर महिला कल्याण कृषि सहकारी सस्थाकि अध्यक्ष लोमा कुमारी खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लेखा समिती संयोजक कोपिला श्रेष्ठले गर्नु भएको थियो ।