आइएमईको न्यु-इयर अफर।

काठमाडौं:= आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत् चार देशबाट चारजना साप्ताहिक विजेता छनोट गरिनेछ ।

छनोटमा परेका प्रतिसेवाग्राहीले १० हजार रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नेछन् । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरूबाट चारजना भाग्यशाली विजेता छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रतिसेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन् ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत् नेपाल पैसा पठाउने सेवाग्राही योजनामा सहभागी हुन सक्ने बताइएको छ । योजना २१ माघसम्म रहने पनि कम्पनीले जनाएको छ ।