आज डिसेम्बर २५ अर्थात् येशुको जन्मोत्सव, मेरी क्रिसमस मनाइँदै।

काठमाडौं:= आज डिसेम्बर २५ अर्थात् येशुको जन्मोत्सव । क्रिस्चियन धर्मावलम्बीहरूले आजको दिनलाई क्रिसमसका रूपमा मनाउने गर्छन् । येशु क्रिस्चियन धर्मका प्रवर्तक भएकाले पनि यसदिनलाई यो समुदायका मानिसहरूले हर्षोल्लासका मनाउने गर्छन् ।

आज देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । जेरुसेलमको बेथलेहमा दुई हजार वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उहाँका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ ।

क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ अर्थात् पुस १० गतेका दिन सार्वजनिक बिदा दिन थालेको थियो । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूले शुभकामना दिनुभएको छ ।

राष्ट्रिय ख्रिष्ट्रियन महासंघ नेपालले शनिबार भव्यरूपमा क्रिसमस मनाउने जनाएको छ । क्रिसमसको पूर्व–सन्ध्यामा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहको आयोजना गर्दै क्रिसमस मनाउने जनाएको हो ।

महासंघले शनिबार आयोजना गर्ने कार्यक्रम ‘येशु ख्रिष्टको शुभजन्मोत्सव ख्रिष्टमस २०७८ तथा नयाँ वर्ष २०२१ को शुभकामना आदानप्रदान’ नाम दिएको छ। महासंघले डिसेम्बर २५ अर्थात् ‘क्रिसमस डे’ सारा मानव जातिका मुक्तिदाताको रूपमा तथा सबै मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशु ख्रिष्टको जन्मदिनको रूपमा मनाउँदै आइएको पनि जनाएको छ । तस्बिर : सुनील शर्मा