सन्नी लियोनी ‘मधुवन’ मा नाँच्दा विवाद।

एजेन्सी := मुम्बई अभिनेत्री सन्नी लियोनी समय समयमा चर्चामा आइरहने कलाकार हुनुहुन्छ । कहिले चलचित्रभित्रको सिनका कारण त कहिले उहाँका बोलीका कारण । यतिबेला सन्नी फेरि चर्चामा हुनुहुन्छ । उहाँले अभिनय रहेको म्युजिक एल्बम ‘मधुवन’को भिडियो हालै सार्वजनिक भएको थियो । सोही भिडियो सार्वजनकि हुनासाथ उहाँ विवादमा तानिनुभयो।

भिडियो हेरेपछि दर्शकले उहामाथि हिन्दू भावनालाई आहत पुर्‍याएको आरोप लगाएका छन् । बुधबार सार्वजनिक भएको यो गीत सुनेपछि फ्यानले उहाको अधिक ट्रोल बनाएका छन् । दर्शकले गीतलाई अश्लील रहेको बताउँदै यसलाई बहिष्कार गर्न आहृवान गरेका छन् । दर्शकले गीतमा ‘राधा’ र ‘राधिका’को नाममा सनीले नृत्य गरेकाले त्यो आपत्तिजनक रहेको दाबी गरेका छन्।

‘मधुवनमा राधिका केवल कृष्णका लागि मात्र नाच्थिइन् । न कि बारमा बार डान्सरको रूपमा’, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । कामको कुरा गर्दा सनी तमिल फिल्म ‘ओह माइ गड’मा देखिँदैछिन् । यो हरर कमेडी फिल्म हो।