कोल्हवी नगरपालिकाका किसानहरूले नगरले दिने भनिएको हिउँदे घाँसको बिऊ नलिने।

[ अभय दुवे ]

कोल्हवी := बारा जिल्लाको कोल्हवी नगरपालिका भरीका सम्पूर्ण व्यवसायिक कृषकहरूले नगरपालिकाले दिने भनिएको हिउँदे जै घाँसको बिउ नलिने निर्णय गरेका छन्।

कोल्हवी नगर भरिका व्यवसायिक कृषक संस्थाका अध्यक्ष थानेश्वर पहाडी तथा संस्थाको सम्पूर्ण सदस्यहरू लगायत स्थानिय व्यवसायिक कृषकहरु समेतको सहभागितामा छलफल गरी एक विज्ञप्ति सार्वजनिक गरेर बीउ नलिने निर्णय गरिइएको जनाएको हो।

सो विज्ञप्तिमा लेखिएको छ , हरेक वर्ष झै यो वर्ष पनि समयमा बिऊ उपलब्ध नगराए पछि नगरपालिकालाई दोषी ठहर गर्दै हालको समयमा कुनै पनि किसानको खेत खाली नभएको र यसको कुनै औचित्य छैन भन्दै उल्लेख गरिएको अध्यक्ष पहाडी ले जानकारी दिए।

उनका अनुसार किसानका खेत खाली नभएकोले कोल्हवी नगरपालिकाको नगर प्रमुख भारत बहादुर भण्डारी र नगरपालिका भित्र रहेको पशु सेवा कार्यालय प्रमुख शम्भु चौधरीले  छलफल गरि बिऊलाई कसरी व्यवस्थापन गर्ने भनेर निष्कर्ष नआए सम्म बिऊ वितरण नगर्न समेत विज्ञप्तिमा उल्लेख  गरिएको छ  ।