नयाँ शो ल्याउने तयारीमा कलाकार जितु।

काठमाडौं:= केही समयअघि हास्य शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्नु भएका हास्य कलाकार जितु नेपालले फेरि नयाँ कमेडी रियालिटी शो ल्याउने तयारीमा हुनुहुन्छ । जितुका अनुसार शोको तयारी अन्तिम चरणमा पुगेको छ ।

साथै केही टेलिभिजनसँग कुरा भइरहेको जितुले जानकारी गराउनुभएको छ । यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको जितुले सुनाउनुभयो । जितुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाउनुभएको छ ।