मलेसिया लगायत यी ६७ देशबाट नेपाल जाने यात्रुले ७ दिन आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने।

क्वालालम्पुर (मलेसिया):= अफ्रिकन मुलुकबाट विश्वभर फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट “ओमिक्रोन”  भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ ।

ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै नेपालको अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ।

शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै  मलेसिया, अमेरिका,थाइल्यान्ड,माल्दिभ्स लगायत थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो।

सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । ती देशबाट आएका यात्रुले आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

यी ६७ देशबाट नेपाल आएका यात्रुले क्वारेन्टिन बस्नुपर्ने छ।