काठमाडौं:= खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारलाई पनि प्रदर्शनको मौका दिने गरी देशका विभिन्न स्थानमा विशेष सांगीतिक अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा नयाँ कलाकारलाई प्रोत्साहनका लागि प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेस्टुरेन्ट, क्लब, खुला क्षेत्र, आउटडोर्स, इन्डोर्सलगायत छनोट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिनुभयो । नयाँ कलाकारलाई देशभरका दर्शकश्रोतामाझ परिचय गराउने गरी नेपाली गीतसंगीतको समेत प्रवद्र्धन गर्ने उद्देश्यले बृहत् कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ । आर्बिटरीले संगीतसँग सम्बन्धी देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियान शुक्रबार सुरु गरेको हो ।
आर्बिटरीका संस्थापक विपिन नकर्मीले संगीत र कलाकारलाई सहयोग गर्ने उद्देश्यका साथ आर्बिटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरू खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘खुकुरी रमसँग सहकार्य गरी आर्बिटरीले पप, रक, स्लो रकलगायत गीतसंगीतका विविध विधासँग सम्बन्धित कलाकारसँग अनुबन्ध गरी तीनमहिने अभियान सञ्चालन गर्न लागेको छ । यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारले समेत स्टेज सेयरिङको मौका पाउनेछन् ।’ हाल नेपालबाहेक १३ मुलुकमा उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ ।



















