मनास्लुद्वारा तेक्वान्दो खेलाडी पलेशा सम्मानित।।

काठमाडौं:= मनास्लु वल्र्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत अन्य तीन व्यक्तित्वलाई मनास्लुले सम्मान गरियो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मनास्लुले आफ्ना विद्यार्थीको सम्मानमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रच्नुभएको थियो । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जित्नुभएको थियो । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको कास्य विजेता हुनुहुन्छ ।

गतवर्ष मनास्लुले खेलकुद क्षेत्रबाट १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठलाई सम्मान गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मनास्लुका अध्यक्ष गेहन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले पलेशालाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो । सम्मानित हुने अन्यमा शिक्षाविद् कर्णबहादुर शाही, वरिष्ठ पत्रकार जीवराम भण्डारी तथा गायक र सामाजिक अभियन्ता धीरज राई रहनुभएको छ ।