काठमाडौं := ‘मिस वल्र्ड २०२१’ स्थगित भएको छ । प्रतियोगीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि ग्रान्ड फिनाले स्थगित गरिएको हो ।
बिहीबार कार्यक्रम सुरु हुन केही घण्टामात्रै बाँकी हुँदा आयोजकले कार्यक्रम पोस्टपोन्ड गर्ने घोषणा गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगीहरूमा बढ्दै गएको संक्रमणलाई ध्यानमा राख्दै मिस वल्र्ड आयोजकले फिनाले पोस्टपोन्ड गर्ने निर्णय लिएको हो ।’
यतिबेला प्रतियोगीहरूलाई पोर्टोरिकोमा आइसोलेसनमा राखिएको छ । सहभागी प्रतियोगीहरूमध्ये १७ जना प्रतियोगीहरूमा कोरोना पुष्टि भएपछि आयोजक टिमले यो निर्णय लिएको हो । ग्रान्ड फिनाले सोही ठाउँमा अबको ९० दिन पछिलाई तोकिएको छ ।




















