आगो नियन्त्रणमा आउदा सम्म पनि आएन लुम्बिनी नगरपालिकाको दमकल
[ दीपक घिमिरे ]
भैरहवा:= लुम्बिनी स्थित बसपार्कमा आगलागी भएको छ । आगलागीबाट बसपार्कमा रहेका मालापसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ बटा पसल जलेर नष्ट भएको स्थानिय बिष्णु बस्नेतले जानकारी दिए ।
उनका अनुसार आगलागी हुँदा झण्डै ७०-७५ लाखको क्षती भएको आकलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टा पछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए ।
आगलागी पछि तत्कालै लुम्बिनी सास्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरेपनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको स्थानियको आक्रोस छ । लुम्बिनी सास्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवा स्थित सिद्धार्थनगरपालिकामा दमकललका लागि फोन गरिएको थियो ।
भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगो राती दुई बजेतीर लागेको थियो। स्थानीय युवाहरुले पसलमा लगाएका टिनका पाता निकालेर आगो नियन्त्रण गर्दा ठुलो क्षेती हुनबाट जोगिएको बस्नेतले जानकारी दिए । लुम्बिनीको दमकल पुर्ण रुपमा आगो नियन्त्रणमा आएपछि मात्रै आएको थियो ।




















