नेपालको पहिलो खेल बंगलादेशसँग।

काठमाडौं:= यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालको पहिलो खेल बंगलादेशसँग हुने भएको हो । यू-१९ एसिया कप दुई सातापछि युएईमा सुरु हुँदैछ ।

एसिसीले सार्वजनिक गरेको खेलतालिका र समूह विभाजनअनुसार नेपालले पहिलो खेल पुस ८ (डिसेम्बर २३) मा बंगलादेशसँग शारजाहमा खेल्नेछ । नेपालले पुस ११ (डिसेम्बर २६) मा श्रीलंका र पुस १३ (डिसेम्बर २८) मा कुवेतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ।

दुवै सेमिफाइनल पुस १५ (३० डिसेम्बर) मा हुनेछन् । फाइनल पुस १६ (डिसेम्बर ३१ मा) हुनेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा बंगलादेशसँगै श्रीलंका र कुवेत छन् । अर्को समूह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् ।

समूह ‘ए’ का खेल दुबई र ‘बी’ का खेल शारजाहमा हुनेछन् । यू-१९ एसिया कप पुस ८ देखि १६ गतेसम्म (डिसेम्बर २३ देखि ३१ सम्म ) युएईमा चल्नेछ । शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल आइसिसी एकेडेमी ओभल १ मा र दोस्रो शारजाह क्रिकेट मैदानमा हुनेछ । सबै टोली पुस ५ मा युएई पुगिसक्नुपर्ने हुन्छ । पुस ६ मा क्वारेनटाइन र पुस ७ मा अभ्यास हुनेछ ।