क्यानडाको सेनामा भएको यौन दुव्र्यवहार र पीडितप्रति सरकारद्वारा क्षमा यचना।

एजेन्सी क्यानडा := क्यानडाको सेनामा भएको यौन दुव्र्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ । रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रुपमा माफी माग्नुभएको हो ।

‘दन्डहीनता र प्रणालीगत त्रुटिका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भन्नुभयो, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उहाँले भन्नुभएको छ ।

यौन दुव्र्यवाहरको घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारी पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा वहालवाला गरी ११ जना सैन्य अधिकारी बर्खास्तगीमा परेका छन् । उनीहरूमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।