च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेलतालिका सार्वजनिक।

एजेन्सी := युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले सोमबार राति निकालेको ‘ड्र’ अनुसार राउन्ड अफ सिक्सटिनमा साबिक विजेता चेल्सीले फ्रेन्च क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै लियोनल मेस्सी रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिड भिड्ने भएका छन् ।

लिभरपुलले राउन्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियाको साल्जवर्गसँग खेल्दा पोर्चुगलको बेनिफिकाले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडले स्पेनको एट्लेटिको मड्रिड तथा इटालीको युभेन्ट्सले स्पेनको भियारियालसँग खेल्नेछ । राउन्ड अफ १६ का खेलहरू फेब्रुअरी १५ तारिखमा सुरु हुनेछन् ।