काठमाडौं:= ग्लोबल आइएमई बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले आव २०७७/०७८ मा सञ्चालन मुनाफा सात अर्ब नौ करोड रुपैयाँ र करपछिको मुनाफा चार अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ ।
प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ बैंकले जनाएको छ । साधारणसभामा सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकालले आव २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक कटिबद्ध रहेको बताउनुभयो । बैंकले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरूप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारमा सन्तुलितरूपमा बैंकको उपस्थित बढाउँदै जाने पनि उहाँले बताउनुभयो ।




















