रियो डि जेनेरिया:= ब्राजिलमा बाढीका कारण कम्तीमा दशजनाको मृत्यु भएको छ भने २० हजारभन्दा बढी विस्थापित भएका छन् । ब्राजिलमा गएको ६ दिनदेखिको बाढीले कम्तीमा दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको अधिकारीले बताएका हुन् ।
करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीपछि कम्तीमा ५१ वटा सहरमा आपत्काल घोषणा गरिएको छ । अधिकांश ग्रामीण भेगमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ ।
मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् । बाढीका कारण यहाँका कैयौं क्षेत्रमा असर परिरहेको छ । धेरै स्थानमा सैनिक हेलिकोप्टरले उद्धार गरिरहेका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरले पु¥याइरहेका बताइएको छ ।




















