एम्रिक कप्तानबाट बर्खास्त।

एजेन्सी:= इंग्लिस क्लब आर्सनलले पिएरे एम्रिक औबामियाङलाई कप्तानबाट बर्खास्त गरेको छ । आर्सनलले मंगलबार एक विज्ञप्ति जारी गर्दै औबामियाङलाई कप्तानबाट हटाइएको जनाएको छ ।

क्लबको अनुशासन तोडेको भन्दै आर्सनलले उहाँको कप्तानीको जिम्मेवारी खोसेको हो । यस्तै आर्सनलले उनलाई वेस्ट ह्यामविरुद्धको खेलमा टिममा नराखिने समेत जनाएको छ । आर्सनलले बिहीबार वेस्ट ह्यामविरुद्ध खेल्ने तालिका रहेको छ ।