काठमाडौं := साहित्यकार तथा गीतकार स्व.शोभा केसीको पछिल्लो गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ । देविका वन्दनाको स्वर, सम्राट थापाको संगीत तथा एरेञ्ज र दीप तुलाधारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सन्तोष राजवहाकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पन खड्का र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा दिनसोन साहको सम्पादन तथा कलर छ । गीतको भिडियो देविका वन्दना अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।




















