शौर्य सिमेन्ट अब ५३ ग्रेडबाट मान्यता प्राप्त।

काठमाडौं:= उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्ट ५३ ग्रेडबाट सम्मानित भएको छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले छोटो समयमै यो उपलब्धि हात पार्न सफल भएको हो । शौर्य सिमेन्टले पुस मसान्तसम्म आफ्ना सबै ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ ।

सिरहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टले ओपिसी र पिएससी सिमेन्टहरू उत्पादन गरिरहेको छ । यस उद्योग नेपालमै पहिलोपल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग बनेको छ । यसले दैनिक ७० हजार बोरासहित ३५ सय मेट्रिक टन उत्पादनको क्षमता राख्दछ । जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।

शौर्य सिमेन्ट इण्ड्रष्टिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको सुनजस्तो चुनढुंगा रहेको छ । यस चुनढुंगामा आल्मुनियम र माग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको पाइन्छ । यसलाई उत्खनन् गरी फोर्थे जेनेरेशन सेप्रेटरको सहायतामा सर्वोत्कृष्ट गुणस्तरको  सिमेन्टमा रूपान्तरण गरिन्छ ।

प्रविधिको कुरा गर्नुपर्दा शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एकमात्र अल्कली रिडक्सन प्रविधि जडित प्रक्रिया रहेको छ । जहाँ अल्कली बाइपास सिस्टमको प्रयोग भएका कारण सिमेन्टमा अल्कलीको मात्रा कम हुन्छ जसकारण निर्माणमा स्थायित्व कायम रहन्छ । यसैगरी यसले ग्राइण्डिङ प्रक्रियामा भर्टिकल रोलर मेसिन प्रयोग गर्दछ, जुन सबैभन्दा उन्नत र ऊर्जा बचत गर्ने प्रविधि रहेको छ । साथै यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तर्राष्ट्रियस्तरको रोबोटिक ल्याब रहेको छ, जहाँ बिना कुनै मानवीय त्रुटि, स्वचालित रोबटोकआमले गुणस्तरमा एकरूपता कायम गरी उच्च गुणस्तरीय तथा बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्दत गर्दछ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिज नेपालको यस्तो सिमेन्ट कम्पनी हो जहाँ परम्परागत बोराको तुलनामा अल्ट्रासोनिङ सिलिङ सिस्टमको माध्यमबाट लासेर सिलिङ प्याकेजिङ गरी ल्यामिनेट गरिएको पानी तथा आर्द्रता प्रतिरोधात्मक बोराको प्रयोग गरिन्छ । जसबाट बिना कुनै चुहावट, बोराहरू सार्न र लोड अनलोड गर्न एकदमै सजिलो हुनुका साथै सिमेन्टको गुणस्तर लामो समयसम्म कायम रहिरहन्छ ।