नेशन र ममताको ‘तिमी मेरो जीवनमा’ सार्वजनिक।

काठमाडौं:= नयाँ गीत ‘तिमी मेरो जीवनमा’ सार्वजनिक गरिएको छ । गीतमा नेशन पुन र ममता गुरुङको आवाज छ । नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन तीनबाट चर्चामा आएका प्रतिस्पर्धी हुनुहुन्छ । गीतमा शब्द रचना अम्बिका गुरुङले गर्नुभएको हो । शंकर थापा ‘स्माइल’को लय, सिर्जना र सन्देश रुचालको संगीत संयोजन गीतमा समावेश छ ।

निशान घिमिरेको निर्देशन रहेको भिडियो म्याग्दीको राखु भन्ने ठाउँमा गरिएको हो । भिडियोमा राखुका रमणीय दृश्यहरू कैद गरिएको छ । भिडियोमा निशल पौडेलको सिनेम्याटोग्राफी छ भने पोष्ट प्रोडक्सन यार्ड स्टुडियोमा गरिएको हो । सुधीर श्रेष्ठ र सुशीला थापा भिडियोमा फिचर्ड हुनुहुन्छ । सार्वजनिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।