काठमाडौं := नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ ।भक्तपुरमा हिजोदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएको छ ।
त्यसक्रममा अध्यक्ष ओलीले १९ पदाधिकारीसहित २६ जना समेटेर स्थायी कमिटीको प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । स्थायी कमिटीमा नेताहरु घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त प्रस्तावित नाम रहेको उनले बताए ।
त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, विन्दा पाण्डे पनि स्थायी कमिटीमा प्रस्ताव हुनु भएको छ । पूर्व माओवादीतर्फबाट मणिचन्द्र थापा र प्रभु साह पनि स्थायी कमिटीमा समेटिएको प्रस्तावित नाममाथि जारी केन्द्रीय कमिटी बैठकमा छलफल जारी छ ।
हेर्नुस् सूची
केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
किरण गुरुङ
मणिचन्द्र थापा
भीम आचार्य
घनश्याम भुसाल
रघुजी पन्त
गुरु बराल
पद्मा अर्याल
देवराज घिमिरे
लालबाबु पण्डित
खगराज अधिकारी
काशीनाथ अधिकारी
भानुभक्त ढकाल
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
राजन भट्टराई
सीता पौडेल
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुङ्वाहाम्फे
हिक्मत कार्की
विन्दा पाण्डे




















