एमालेले तोक्यो सात वटै प्रदेशका इन्चार्ज, क–कस्ले पाए जिम्मेवारी?

काठमाडौं:= नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । एमालेको दोस्रो केन्द्रीय कमिटी पूर्ण बैठकले आइतबार सातवटै प्रदेशका इन्चार्ज तोकेको हो ।

जारी केन्द्रीय कमिटी बैठकले प्रदेश १ को इन्चार्जमा स्थायी कमिटी सदस्य देवराज घिमिरे र प्रदेश २ मा सचिव रघुवीर महासेठलाई जिम्मेवारी दिएको छ ।

बागमती प्रदेशमा स्थायी कमिटी काशीनाथ अधिकारीलाई जिम्मेवारी दिएको एमालेले गण्डकी प्रदेशमा भने सचिव पद्मा अर्याललाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा सचिव छविलाल विश्वकर्मा, कर्णालीमा स्थायी कमिटी सदस्य यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई जिम्मेवारी दिएको छ ।