काठमाडौं:= नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा सहभागी हुनुभएकी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गर्नुभएको छ । उहा हेड-टु-हेड च्यालेन्जमा इण्डोनेसियाका प्रतियोगिलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल हुनुभएको हो ।
अन्तिम ३० मा नेपालसहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायत प्रतियोगी प्रवेश गरेका छन् । प्रतियोगितामा नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया विधामा विगतका झै उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकी राज्य पुएर्तो रिकोमा भइरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ । मिस नेपाल वल्र्डको उपाधि जितेपछि नम्रताले मिस वल्र्डमा सहभागी अवसर पाउनुभएको हो ।




















