खल्तीको बोनस अफर।

काठमाडौं:= नेपालको अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले एक सय ६० देशबाट रिया मनी ट्रान्सफर प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् पठाएको रकम ‘खल्ती’ मा प्राप्त गर्दा दुई सय रुपैयाँ बोनस प्राप्त गर्ने अफर ल्याएको छ ।

खल्तीमा केवाइसी प्रमाणित प्रयोगकर्ताले जुनसुकै समयमा  एक सय ६० देशबाट प्रतिकारोबार एक लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । हरेक कारोबारमा दुई सय रुपैयाँ बोनस हुनेछ भने प्राप्त रकम र बोनस स्वतः खल्तीमा लोड हुनेछ ।

उक्त सम्झौतापछि खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, ‘हामी डिजिटल प्लेटफर्ममार्फत् हाम्रो ग्राहकको आवश्यकता पूर्ति गर्न प्रतिबद्ध छौँ । साझेदारीले ग्राहकलाई अनलाइन वा मोबाइल प्रयोग गरी संसारका जुनसुकै ठाउँबाट पैसा पठाउन अझै छिटो र अधिक सुरक्षित भुक्तानी गर्न मद्दत पुग्नेछ ।

भरपर्दो, सस्तो र छिटो सेवा भएकाले यो माध्यम धेरैको रोजाइमा पर्ने विश्वास हामीले राखेका छाँै ।’ एक सय ६० भन्दा बढी देशमा कार्यालय भएको रिया विश्वको दोस्रो ठूलो नेटवर्कको साथ क्रस-बोर्डर भुक्तानीको विश्वको अग्रणी प्रदायकमध्येको एक रहेको कम्पनीले जनाएको छ ।