मेरो माइक्रो फाइनान्सको लाभांश पारित।

काठमाडौं:= मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको २१.०५२ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको नवौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट चार सञ्चालक निर्वाचित गरेको छ। सञ्जीव मानन्धर, सुमितबाबु खत्री, कल्याणविक्रम पाण्डे र सजना मानन्धर निर्विरोध निर्वाचित हुनुभएको छ । साधारणसभापछि बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्जीव मानन्धरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।