काठमाडौं := नेपाली कांग्रेसका उपसभापति एवम १४औं महाधिवेशनमा सभापतिका आकांक्षी विमलेन्द्र निधिले नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापति बनाउनु पर्ने धारणा राख्नु भएको छ । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई सर्वसम्मत पार्टी सभापतिको प्रस्ताव गर्नु भएको हो ।
निधीले पौडेललाई सभापति बनाएर एकताको सन्देश दिन कांग्रेसका नेता कार्यकर्तासँग आह्वान समेत गर्नु भयो । सभापतिका अन्य आकांक्षीहरु डा.शेखर कोइराला र प्रकाशमान सिंहले आफ्नो अडान कायम राखिरहेको अवस्थामा निधि पौडेलको पक्षमा खुल्नु भएको हो ।




















