काठमाडौं:= ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३ हजार ६४५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी प्रदिप पन्तको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ।
उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, पोखरा, कास्कीमा सम्पर्क गर्न अनुरोध गरेको छ।
बैंकले तोको उक्त मिति अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।




















