काठमाडौं:= ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०२२’ हुने भएको छ । बिहीबार राजधानीमा एक पत्रकार सम्मेलनबीच टुर हुने कुराको जानकारी गराइएको हो । २०१९ मा यो टुर एक पटक भएको थियो । हरेक वर्ष गरिने भनिएको टुर त्यसपछि भने कोरोनाका कारण हुन सकेको थिएन ।
२०१९ मा सुगम पोखरेल, वर्षा राउत र तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिनुभएको थियो । तर, यस पटक भने गायकहरू सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रिन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ पनि विभिन्न देशमा जानुहुनेछ ।
अप्रिलबाट जुनसम्म हुने यो टुरको सुरुवात जापानबाट हुने पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताउनुभयो । जुनमा युरोपका केही देश र जुलाईमा युएसएमा कार्यक्रम भएपछि यो टुरको समाप्ती हुनेछ ।
जापान, युरोप र युएसएको विभिन्न ठाउँहरूमा कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रम आयोजक किरण श्रेष्ठले टुरबाट भएको नाफाको ८० प्रतिशत रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई च्यारीटी गरिने बताउनुभयो ।




















