सनसिल्कका तीन भाग्यशाली विजेता।

काठमाडौं:= आशिना देउला, ललना चिमोरिया र प्रतिमा कार्की सनसिल्क दशैं भाइब कन्टेस्टका भाग्यशाली विजेता बन्नुभएको छ । सनसिल्क ग्याङ अफ गल्र्सको अनुहार बनेर तीनैजनाले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । १४ सेप्टेम्बरदेखि २३ अक्टोबर २०२१ सम्म सञ्चालन भएको कन्टेस्टमा सहभागीले आफ्नो दशंै भाइबको आकर्षक हेयर स्टाइल दर्शाउनुपर्ने थियो ।

सहभागीमध्ये तीनजना विजेताहरूले प्रिज्मा र प्रिन्सी साथमा सनसिल्क ग्याङ अफ गल्र्सको अनुहार बन्ने र एक लाख जित्ने मौका थियो । २३ अक्टोबरमा कन्टेस्टको पहिलो चरण सम्पन्न भएको थियो । उक्त कन्टेस्टमा २८ सय ५४ जना सहभागी थिए । सबै सहभागीमध्ये एक सय ५० जना दोस्रो चरणका लागि चयन भएका थिए । उनीहरूले अर्को एउटा भिडियो बनाएका थिए, जसमा आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो ।