काठमाडौं:= ट्रि इन्टरटेन्मेन्टले ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको छ । काठमाडौंको क्युज हलमा कार्यक्रमको आयोेजना गर्दै ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो ।
यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घण्टामा यो गीत तयार पारेको बताउनु भयो । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ ।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरूले अभिनय गर्नुभएको छ । मोेडलहरू उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालको नृत्य छ । उहाँहरूलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिनुभएको छ । भिडियोको निर्देशन माइकल चन्दले गर्नुभएको हो । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताउनुभयो ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कलाकारद्वय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरू अगाडि बढेको भन्दै खुशी व्यक्त गर्नुभयो ।




















