भारत र रूसबीच रक्षा सम्झौता।

नयाँ दिल्ली:= भारत र रूसबीच रक्षा सम्झौता भएको छ । भारत र रूसबीच एके-२०३ राइफल उत्पादन गर्ने रक्षा सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । दिल्लीमा भएको दुवै मुलुकका रक्षा र विदेशमन्त्रीको वार्तामा उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार रूसले भारतीय सेनाको लागि एके-२०३ एसल्ट राइफलको उत्पादन गर्नेछ । हतियार उत्पादन चाहिँ भारतको उत्तर प्रदेशस्थित अमेठीमा हुने भएको छ । एके-४७ राइफल उत्पादन गर्ने रूसी कम्पनीले नै एके-२०३ राइफल उत्पादन गर्नेछ ।

साथै, सन् २०३१ सम्म सैन्य सहायता आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । सम्झौतमा दुवै मुलुकका रक्षा र विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।

सोमबारदेखि हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणमा दुवै मुलुकबीच ५१ बिलियन भारुको रक्षा सम्झौता हुने अपेक्षा पनि गरिएको छ । सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति पुटिनबीच भेटवार्ता भएको छ ।