म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेल सजाय।

एजेन्सी := म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ।

७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको छ । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन्।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले अ‌ाराेप लगाउँदै अ‌ाएकाे छ। सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे।