कांग्रेस बाराको चारवटै निर्वाचन क्षेत्रमा संस्थापन पक्षको कब्जा।

[ सञ्जीवकुमार मिश्रा ]  

बारा:= नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाराका चारैवटा निर्वाचन क्षेत्रमा संस्थापन पक्षका उम्मेद्वारले कब्जा जमाएका छन् । अन्तिम मतपरिणामअनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा विजयशंकर यादव विजयी हुनुभएको छ । उहा“ले आफ्ना निकटतम प्रतिद्वन्द्वी रामप्रसाद चौधरीलाई ८४ मतको अन्तरले पराजित गर्नुभएको छ । विजयशंकरले ३६० र चौधरीले २७६ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर २ को सभापतिमा रामप्रवेश यादव विजयी हुनुभएको छ ।  उहा“ले आफ्ना निकटतम प्रतिद्वन्द्वी उपेन्द्रप्रसाद यादवलाई ६३ मतान्तरले पराजित गर्नुभएको छ । रामप्रवेश यादवले ३७६ र उपेन्द्रप्रसाद यादवले ३१३ मत प्राप्त गर्नुभएको थियो । यसैगरी नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर ३ को सभापतिमा प्रभातकुमार चौरसिया विजयी हुनुभएको छ । उहा“ले आफ्ना निकटतम प्रतिद्वन्द्वी मुकेश कुशवाहालाई ११ मतान्तरले पराजित गर्नुभएको छ । क्षेत्र नम्बर ३ मा कुल खसेको मत ५९८ मध्ये प्रभातकुमार चौरसियाले ३०२ मत र मुकेश कुशवाहाले २९१ मत प्राप्त गर्नुभएको थियो । यसैगरी नेपाली कांग्रेस बाराको क्षेत्र नम्बर ४ को सभापतिमा सुनिल गुप्ता विजयी हुनुभएको छ । उहा“ले आफ्ना निकटतम प्रतिद्वन्द्वी लालबाबु यादवलाई ६७ मतान्तरले पराजित गर्नुभएको छ ।  निर्वाचन क्षेत्र नम्बर ४ मा कुल खसेको मत ५०३ मध्ये सुनिल गुप्ताले २८३ मत र लालबाबु यादवले २१९ मत प्राप्त गर्नुभएको थियो ।

२१ जनाको क्षेत्रीय समितिमा सात पदाधिकारी र बा“की सदस्य रहने व्यवस्था छ । एक सभापति, दुईजना प्रदेश सभापतिहरू, उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । त्यसैगरी दुई सचिव र दुई सहसचिवसहितका पदाधिकारी रहने व्यवस्था छ ।

कांग्रेस बाराका सभापति चौरसिया महाधिवेशन प्रतिनिधिमै पराजित  

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेपाली कांग्रेस बाराको पार्टी सभापतिमा दोस्रो कार्यकालको आन्तरिक तयारीमा रहेका पार्टी सभापति जयचन्द्रप्रसाद चौरसिया महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।

खुलातर्फको क्रम संख्या एकमा मतपत्रमा नाम राखेर चुनाव लड्नुभएका उहाँ चौरसियाकै प्यानलका क्रम संख्या दुईमा रहनुभएका राजेश राय यादवभन्दा ९३ मत कम पाएर पराजित हुनुभएको हो । देउवा गुटबाट पार्टी सभापतिमा फेरि चुनाव लड्ने आन्तरिक तयारीमा क्रम संख्या एकमा रहनुभएका चौरसियाको चर्चा कांग्रेस बारामा रहेको थियो ।

चौरसियास“गै चौरसियाका प्यानलमा रहनुभएका चन्देश्वर दुबेले ३०१, नवराजकुमार खड्काले २९०, तेजनारायण प्रसादले २९९, शरदचन्द्र भट्टराई २९८, जटाशंकर सहनी २९८, सूर्यजित कुमार २९४ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी बनेका छन् । यसैगरी कोइराला र रामचन्द्र प्यानलबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका रामानन्द प्रसाद यादवले ३०८, मनोजकुमार शर्मा भट्ट २८८ मत ल्याएर विजयी भएको कलैया उपमहानगरपालिका नेपाली कांग्रेस कलैया नगर कमिटीका सचिव मुकेश यादवले जानकारी दिनुभयो ।

सचिव यादवले सभापति चौरसियालाई आउने महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वार बन्नबाट रोक्नका लागि आफ्नै प्यानलबाट केही स्वार्थी समूहले अन्तरघात गरेको मतपरिणामले देखिएको बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिमा पराजित भएका पार्टी सभापति जयचन्द्रप्रसाद चौरसियाले आफू महाधिवेशनमा पराजित भए पनि समग्र टिमलाई जिताउन सफल भएको जानकारी दिनुभयो  । आएको मतपरिणामअनुसार आफ्नै प्यानलबाट सोचेअनुसार मत नआएको सभापति चौरसियाले स्वीकार गर्नुभयो । चुनावमा निर्वाचन प्रक्रियामा हारजित भइरहने कुरा भएको र यसबाट पाठ सिकेर आगामी दिनमा अगाडि बढ्ने उहा“ले बताउनुभयो ।