राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा हार्यो।

काठमाडौं := राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। सुरूदेखि नै मतगणनामा अग्रता लिएका लिङ्देन अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए ।

मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। यद्यपि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी नै छ।