समीर मल्ल
बझाङ : बझाङको मध्ये भागमा अबस्थित केदारेस्यु गाउपालिकाको वडा न ४ मा रहेको शिक्षोदय उच्च माध्यामिक बिधालयका ब्यबस्थापन समिती अध्यक्ष साजेन कुमार मल्लले आफ्नो निजि लगानीमा बिधालयलाई ४ कोठे भवन निर्माण गरि । स्व. बुवाको स्मृति दिवसको अबसरमा बिधालयलाई हस्तान्तरण गर्नो भयको हो ।
चर्को घाम,पानी तथा हावाहुरीको समयमा २/३ कक्षामा अध्यनरत विद्यार्थीहरुलाइ एउटै कक्षा कोठामा पठनपाठन गराउनो पर्ने बाध्यता थियो । लामो समयसम्म बिधालय भवनको लागि स्थानीय सरकार, प्रदेस सरकार , देखि संघिय सरकार सङ्ग माग गर्दै आयपनी सुनवाइ नभयको सोही बिधालयमा कार्यरत शिक्षक रणबहादुर मल्लले बताउनु भयो।
अहिले भवन बनेपछि विद्यार्थी , शिक्षक तथा अबिभाबक सबैले खुसी व्यक्त गरेको गाउका अगुवा तथा बिधालयका सस्थापक प्रतिनिधि हिक्मत मल्लले जानकारी गराउनु भयो ।
ब्यबस्थापन समिती अध्यक्ष साजेन मल्लले बिधालयलाई हस्तान्तरण गरियको उक्त ४ कोठे भवन स्व. बुवा मोहनबहादुर मल्लका छोरा अरुण मल्ल (बबि) , साजेन कुमार मल्ल (अशोक),रबिन मल्ल (उमेश),निरन्जन कुमार मल्ल ( निरा) छोरी मेनुका मल्ल(चन्द) ले संयुक्त रुपमा २२लाख ८५ हजार रुपैयाको लागतमा ४ कोठे पक्की भवन गाउपालिकाका अध्यक्ष इन्द्रबहादुर भन्डारी , सस्थापक प्रतिनिधि हिक्मत बहादुर मल्ल , वडा न ४ अध्यक्ष भक्त प्रसाद भट्ट , शिक्षक , विद्यार्थी र अबिभाबक हरुको उपस्थितिमा अध्यक्ष साजेन मल्लकि मुवा इन्द्रादेबी मल्लको हातबाट एक कार्यक्रम बिच हस्तान्तरण गरियको थियो
कार्यक्रममा पमुख अथिती केदारस्यु गाउपालिका अध्यक्ष इन्द्रबहादुर भन्डारिले उक्त कार्यक्रममा बोल्दै यस्ता किसिमको उदाहरणिय कार्य जिल्लाकै पहिलो भयकोले अब अरु ठाउहरुमा पनि गाउठाउ को बिकासको लागि आफुले सकेको सहयोग गर्दै लाग्नो पर्ने बताउनु भयो । साथै उक्त सराहनीय कार्यको लागि बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मल्ललाई धन्यवाद ब्यक्त गर्नो भयको भयो ।
कार्यक्रम मा बिधालयका निमित्त प्रध्यानाध्यापक धुर्ब कुवरले बिधालयलाई नया भवन उपलब्ध भयपछि पठनपाठनमा सहज भयको बताउनो साथै अध्यक्ष मल्लको कामको उच्च कदर सहित धन्यवाद ब्यक्त गर्नो भयको थियो
साथै अबिभाबको तर्फबाट बिधालयका सस्थापक प्रतिनिधि हिक्मत मल्ल , स्थानीय निकायको तर्फबाट वडा न ४ का अध्यक्ष भक्त प्रसाद भट्ट बिधालय को तर्फबाट प्रध्यानाध्यापक गगन ब बिस्ट बाट उक्त कार्यको लागि आभार ब्यक्त गरेका छन ।




















